Nursing Home Co., Ltd.
विदेशी कर्मचारी भर्ना पृष्ठ
निर्दिष्ट सीप (Specified Skilled Worker) – १
आवासीय अनुमति “हेरचाह”
आवासीय अनुमति “चिकित्सा”
हाम्रो कम्पनीमा “केयर गिभर” र “नर्सिङ” क्षेत्रमा धेरै विदेशी कर्मचारीहरू सक्रिय रूपमा कार्यरत हुनुहुन्छ।
हामीले विदेशी कर्मचारीहरूले ढुक्क भएर काम गर्न सक्ने वातावरण तयार पारेका छौं।

Languages
हाल हरेका विदेशी कर्मचारीको विवरण
विदेशी कर्मचारीको संख्या
७२जना
2सन् २०२६ अगस्ट सम्म
कुल कर्मचारीमा विदेशी कर्मचारीको अनुपात
१०.२%
सन् २०२६ अगस्ट सम्म
कर्मचारीहरू आबद्ध देशहरूको संख्या
६देश
देशहरू: नेपाल, म्यानमार, भियतनाम, इन्डोनेसिया, चीन, श्रीलंका
विदेशी कर्मचारीका लागि सहायता प्रणाली

दैनिक जीवनमा सहायता
- आवासीय अनुमति पत्र (भिषा) नवीकरणमा सहायता
- सरकारी/प्रशासनिक प्रक्रियाहरूमा सहायता
- कोठा खोज्न वा आवास सम्बन्धी परामर्श (निर्दिष्ट सीप भएकाहरूका लागि)

योग्यता हासिल गर्न सहयोग 【केयर गिभर (काईगो) हरूका लागि】
प्रारम्भिक प्रशिक्षण (Shonisha Kenshu) र व्यावहारिक प्रशिक्षण (Jitsumusha Kenshu)
योग्यता हासिल गर्न सहायता प्रणाली (ऋण प्रणाली)
यो योग्यता प्राप्त गर्न आवश्यक प्रशिक्षण शुल्क कम्पनीले अस्थायी रूपमा बेहोर्ने (ऋण दिने) प्रणाली हो।
कम्पनीमा लगातार २ वर्ष काम गरेमा उक्त शुल्क पूर्ण रूपमा मिनाहा (फिर्ता गर्नु नपर्ने) हुनेछ।
प्रारम्भिक प्रशिक्षण (Shonisha Kenshu) लिने अवधिमा बढीमा ६ दिनसम्म तालिम बिदा लिन सकिन्छ।
केयर वेलफेयरर (Kaigo Fukushishi)
राष्ट्रिय परीक्षाको आवेदन फारम भर्ने प्रक्रियामा सहायता
अनलाइन परीक्षा तयारी भिडियोहरू निःशुल्क हेर्न मिल्ने (परीक्षा तयारी र पुराना प्रश्नोत्तरहरू उपलब्ध गराइने)
◆विगतमा परीक्षा उत्तीर्ण गरेका कर्मचारीहरू हुनुहुन्छ!
केयर वेलफेयरर (Kaigo Fukushishi) को योग्यता प्राप्त गरेपछि, अझ बढी सुरक्षित भिषा (आवासीय अनुमति) र राम्रो सेवा-सुविधाका साथ काम गर्न सम्भव हुन्छ।

कार्यस्थलमा सहायता
- काम सुरु गर्दाको अभिमुखीकरण तालिम (कक्षा कोठामा सिकाइने)
- ओजेटी (OJT) तालिम (वरिष्ठ कर्मचारीसँगै सेवाग्राहीको घरमा जाने)
- नियमित परामर्श / भेटघाट
- मातृभाषामा सहयोग / परामर्श
कर्मचारी अन्तर्वार्ता
01
एम जी

आवासीय अनुमति “कागो”
नेपाली/ केयर गिभर (काईगो) / सन् २०२५ मा प्रवेश

म सन् २०१६ मा जापान आएँ। काईगो फुकुशिसी (介護福祉士) को योग्यता प्राप्त गरेपछि अर्को संस्थामा काम गरिरहेकी थिएँ। त्यसैबेला साथीले यो कम्पनीको बारेमा जानकारी दिनुभयो। कम्पनीमा प्रवेश गर्नुअघि मैले यो कम्पनि हेर्न गय,कम्पानी हेरेपछि यहाको वातावरण र व्यवस्थापक (Manager) को व्यवहार देखेर, “यहाँ काम गर्न सकिन्छ” भन्ने महसुस भयो र मैले काम गर्ने निर्णय गरेँ।
केही कुरा नबुझ्दा नर्सहरूलाई तुरुन्तै सोध्न सकिन्छ। सेवाग्राहीको स्वास्थ्य अवस्थामा आउने परिवर्तन र रोगहरूको बारेमा पनि उहाँहरूले धेरै ध्यान दिएर सिकाउनुहुन्छ, त्यसैले ढुक्क भएर काम गर्न सकिरहेकी छु।
यहाँका सबै कर्मचारीहरू धेरै दयालु हुनुहुन्छ र काम गर्न धेरै सजिलो वातावरण छ। व्यक्तिगत सम्बन्धको तनाव पनि छैन, त्यसैले म धेरै हौसलाका साथ काम गरिरहेकी छु। तपाईंहरू पनि आउनुहोस्, हामीसँगै मिलेर काम गरौं!
02
एच जी

आवासीय अनुमति “निर्दिष्ट सीप १”
म्यानमारबाट / केयर गिभर / सन् २०२५ मा प्रवेश

एजेन्सीको सिफारिसमा मैले यो कम्पनीबारे थाहा पाएँ। केयर गिभर योग्यता प्राप्त गर्न सहयोग गर्ने प्रणाली देखेर म निकै आकर्षित भएँ र काम सुरु गर्ने निर्णय गरेँ। अन्य ठाउँमा योग्यता हासिल गर्न खासै सहयोग पाइँदैन, तर हाम्रो कम्पनीमा करियर विकास गर्न सक्ने वातावरण छ, यही नै मेरो लागि छनोटको मुख्य कारण थियो।
जापानमा काम सुरु गर्दा कोठा सर्नुपर्ने थियो। त्यतिबेला कम्पनीले घर खोज्न र नगरपालिकाको कार्यालय (Ward Office) मा दर्ता प्रक्रिया पूरा गर्नसम्ममा मलाई धेरै मद्दत गर्यो। भिषा नवीकरणको बारेमा पनि कम्पनीले नै सहयोग गर्ने भएकोले मलाई ढुक्क छ। साथै, मैले ‘व्यावहारिक तालिम’ (Jitsumusha Kenshu) का लागि योग्यता प्राप्त गर्न कम्पनीको सहयोग प्रणाली पनि प्रयोग गरेँ।
हाम्रो कम्पनीमा योग्यता प्राप्त गर्नका लागि धेरै राम्रो सहयोग पाइन्छ, जसका कारण मेरो तलब पनि वृद्धि भएको छ। पहिले म अर्को केयर गिभर संस्थामा काम गर्थें, तर यहाँ योग्यता प्राप्त गरेपछि मैले गर्ने कामको दायरा पनि बढेको छ। यहाँ धेरै विदेशी कर्मचारीहरू हुनुहुन्छ, त्यसैले राष्ट्रियताको भेदभाव बिना नै सबै मिलेर रमाइलोसँग काम गर्न सकिन्छ।
03
पी जी

आवासीय अनुमति “चिकित्सा”
भियतनाम / नर्सिङ / सन् २०२३ मा प्रवेश

साथीको सिफारिसमा मैले यो कम्पनीबारे थाहा पाएँ। मेरो अघिल्लो कामको तुलनामा यहाँको सर्तहरू राम्रा थिए। साथै, मेरा धेरै साथीहरू यही क्षेत्रमा बसोबास गर्ने र यहाँको सरकारी सेवा-सुविधा/सहयोग पनि राम्रो भएकोले मैले यहाँ प्रवेश गर्ने निर्णय गरेँ।
पहिले म अस्पतालमा काम गर्थें, त्यसैले “भिजिटिङ नर्सिङ” (होम भिजिट) मेरो लागि पहिलो अनुभव थियो। सुरुमा अलि डर लागेको थियो, तर वरिष्ठ कर्मचारीहरूले धेरै ध्यान दिएर सिकाउनुभएकोले ढुक्क भएर काम सिक्न सकें। सेवाग्राहीहरूसँग कुराकानी गर्दै नर्सिङ सेवा दिन पाउँदा मलाई काममा निकै सन्तुष्टि मिलेको छ।
प्रवेश गरेपछि ३ महिनासम्म, म एक्लै काम गर्न सक्ने नभएसम्म मुख्यालय (Headquarters) बाट तालिमको व्यवस्था गरियो। भिषा नवीकरणका लागि पनि कम्पनीले नै पूर्ण सहयोग गर्छ। केही समस्या पर्दा परामर्श लिन सक्ने प्रणाली पनि भएकोले मलाई धेरै सुरक्षित महसुस हुन्छ।
यहाँको तालिम प्रणाली धेरै राम्रो छ, त्यसैले ढुक्क भएर काम सुरु गर्न सकिन्छ। दैनिक जीवनमा केही समस्या परेमा पनि तुरुन्तै परामर्श लिन सक्ने वातावरण छ। यहाँ जापानी र विदेशी दुवै कर्मचारीहरू दयालु हुनुहुन्छ र एक-अर्कालाई सहयोग गर्दै काम गर्ने वातावरण छ। त्यसैले, जापानमा लामो समयसम्म काम गर्न चाहनेहरूका लागि म यो ठाउँ विशेष रूपमा सिफारिस गर्दछु।
प्रश्नोत्तर
कामको प्रकार अनुसार आवश्यक आवासीय अनुमति फरक-फरक हुन्छन्।
- नर्स (Nursing): “चिकित्सा” (Medical)
- केयर गिभर (Care Worker): “कागो” (Care) वा “निर्दिष्ट सीप १” (Specified Skilled Worker 1)
- अन्तर्राष्ट्रिय विद्यार्थी (International Student): “विद्यार्थी” (Student) भिषा कायमै राखी होम स्टाफ (Care Assistant) को रूपमा पार्ट-टाइम काम गर्न सकिन्छ।
- प्राविधिक प्रशिक्षार्थी (Technical Intern): “निर्दिष्ट सीप” (Specified Skilled Worker) मा परिवर्तन गर्ने प्रक्रियामा कम्पनीले सहयोग गर्नेछ, त्यसैले निरन्तर केयर गिभरको रूपमा काम गर्न सकिन्छ।
हो, कम्पनीले यसमा पूर्ण सहयोग गर्दछ।
आवासीय अनुमति प्राप्त गर्ने र नवीकरण गर्ने प्रक्रियामा हाम्रो मुख्यालयका सम्बन्धित कर्मचारीहरूले तपाईंसँगै मिलेर काम गर्नुहुनेछ, त्यसैले ढुक्क हुनुहोस्।
सामान्यतया जापानी भाषा दक्षता परीक्षा (JLPT) को “N4” वा सोभन्दा माथिल्लो स्तर आवश्यक पर्छ। यदि तपाईं जापानी भाषामा आधारभूत दैनिक कुराकानी गर्न र पढ्न/लेख्न सक्नुहुन्छ भने, कुनै समस्या छैन।
निर्दिष्ट सीप (कागो) भएका कर्मचारीहरूलाई आवास भत्ता (प्रति महिना १५,००० येन) प्रदान गरिन्छ। साथै, केही क्षेत्रहरूमा बसाइँ सर्ने खर्च (Moving cost) को लागि पनि सहयोग गर्ने गरिन्छ। कोठा खोज्ने प्रक्रिया तथा पानी, ग्यास लगायतका आधारभूत सेवाहरू दर्ता गर्नमा पनि हामी सहयोग गर्नेछौँ। विस्तृत जानकारी अन्तर्वार्ताको समयमा सोध्नुहोला।
हो, हाम्रो मुख्यालयमा विदेशी कर्मचारीहरू कार्यरत हुनुहुन्छ। काम वा दैनिक जीवनमा समस्या पर्दा तपाईंको आफ्नै मातृभाषामा ढुक्क भएर परामर्श लिन सक्ने वातावरण हामीले मिलाएका छौँ।
पहिरनको बारेमा: धार्मिक पहिरनका लागि हामीले व्यवस्था मिलाउनेछौँ। वास्तवमा, हिजाब लगाएर काम गरिरहनुभएका कर्मचारीहरू पनि हाम्रोमा हुनुहुन्छ। प्रार्थनाको बारेमा: कामको समयमा छोटो समयको लागि गरिने प्रार्थनाको लागि पनि हामीले व्यवस्था मिलाउनेछौँ। यसको विस्तृत जानकारी अन्तर्वार्ताको समयमा छलफल गर्नुहोला।

